FAQs Complain Problems

प्रमुख समाचार

Pages

पञ्चपुरी नगरपालिकाको वेभसाइटमा स्वागत छ ।

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित पञ्चपुरी नगरपालिका साविकका वावियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातापानी गा.वि.स. हरु मिलेर बनेको छ । जसको अक्षाशं  २८० ३९' ४६'' उत्तर देखी २८० ५४' ५०'' उत्तर सम्म र देशान्तर  ८१०१५' २७''  पुर्व देखि ८१०३१' २९''  पुर्व सम्म फैलिएको छ । यस नगरपालिकाको २०७८ सालको राष्ट्यि जनगणना अनुसार कुल जनसंख्या ३५ हजार ८ सय  ३९ जना रहेकोमा १७ हजार २  सय ३० जना पुरुष र १८ हजार ६ सय ९ जना महिला  रहेका छन, भने क्षेत्रफल करिब ३२९.९ वर्ग कि. मी रहेका छ । यो नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका मध्ये क्षेत्रफल सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा कृषि पशुपालनको र पर्यटनको उच्च सम्भावना रहेको छ I

 

साविक गाविस र वडा नम्बरः
नया वडाहरु समावेश गाविस / नगरपालिका जनसंख्या
सालकोट(१,२,३) २२२२
सालकोट(४,५) ३१५६
सालकोट(६,७,८,९) ३७५४
बाबियाचौर(६,७,९) २९०२
बाबियाचौर(१,२,३) ३६३५
बाबियाचौर(४,५,८) ४१४८
छाप्रे(१ - ९) ३१७०
विद्यापुर(५,६,७,८) ३६२५
विद्यापुर(१,२,३,४,९) ३४५६
१० तातापानी(६,७,८,९) ३१७८
११ तातापानी(१,२,३,४,५) २६७४