प्रमुख समाचार
पञ्चपुरी नगरपालिकाको वेभसाइटमा स्वागत छ ।
सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित पञ्चपुरी नगरपालिका साविकका वावियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातापानी गा.वि.स. हरु मिलेर बनेको छ । जसको अक्षाशं २८० ३९' ४६'' उत्तर देखी २८० ५४' ५०'' उत्तर सम्म र देशान्तर ८१०१५' २७'' पुर्व देखि ८१०३१' २९'' पुर्व सम्म फैलिएको छ । यस नगरपालिकाको २०६८ सालको राष्ट्यि जनगणना अनुसार कुल जनसंख्या ३२ हजार २ सय ३१ जना रहेकोमा १५ हजार ४ सय २२ जना पुरुष र १६ हजार ८ सय ९ जना महिला रहेका छन, भने क्षेत्रफल करिब ३२९.९ वर्ग कि. मी रहेका छ । यो नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका मध्ये क्षेत्रफल सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा कृषि पशुपालनको र पर्यटनको उच्च सम्भावना रहेको छ ।
नया वडाहरु | समावेश गाविस / नगरपालिका | जनसंख्या |
---|---|---|
१ | सालकोट(१,२,३) | २४०६ |
२ | सालकोट(४,५) | २७७५ |
३ | सालकोट(६,७,८,९) | ३३२९ |
४ | बाबियाचौर(६,७,९) | २४०७ |
५ | बाबियाचौर(१,२,३) | २७७५ |
६ | बाबियाचौर(४,५,८) | ३०३२ |
७ | छाप्रे(१ - ९) | ३५०६ |
८ | विद्यापुर(५,६,७,८) | ३३७४ |
९ | विद्यापुर(१,२,३,४,९) | ३०४० |
१० | तातापानी(६,७,८,९) | ३०४१ |
११ | तातापानी(१,२,३,४,५) | २५४६ |