FAQs Complain Problems

एकीकृत सेवा प्रवाह केन्द्रको परिचय

यस पञ्चपुरी नगरपालिकाबाट प्रदानगरिने सेवाहरुलाई सहज्, छरितो, प्रभावकारी र समावेशीबनाउने उद्देश्यले मिति २०८० चैत्र २७गते देखि एकीकृत सेवाप्रवाह केन्द्र -One Stop Service Delivery Centre_ सन्चालनमा ल्याईएको छ। यसबाट सेवाहरूमा नागरिकको पहुँच वृद्धि हुने तथाआफ्नो आन्तरिक कार्यप्रणाली थप चुस्त र सरलीकृत हुने नगरपालिकाको विश्वास रहेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गतको युरोपेली संघ समावेशी संघीयता सहयोग परियोजना (European Union Support to Inclusive Federalism – EUSIF) को सहयोगमा एकिकृत सेवा प्रवाह केन्द्र संचालनमाआएको हो ।    सेवा लिनका लागि विभिन्र्न शाखा - उपशाखामा धाइरहनु पर्ने अवस्थाको अन्त्य भई सेवाग्राहीले  एकै स्थानबाट विविध सेवाहरु सजिलै र कम समयमै प्राप्त गर्न सक्ने छन् ।

एकीकृत सेवाप्रवाह केन्द्र कसरी काम गर्छ ?
सेवाप्रवाह केन्द्र पञ्चपुरी नगरपालिकानगर कार्यपालिकाको मुख्य प्रशासनिक भवनको भुई तलाको बिच भागमा स्थापना गरिएको छ । यस केन्द्रको दायाँपट्टी सेवा लिनआउने सेवाग्राहीलाई आरामदायी र सुविधायुक्त विश्राम कक्षको व्यवस्था गरिएको छ । आफुले लिनचाहेको सेवा र सो सम्बन्धी आवश्यक प्रक्रिया र कागजातका बारेमा सेवाग्राहीले सोधपुछ कक्षबाट जानाकारी लिन सक्नेछन्र सो सेवासँग सम्बन्धित कामकाज सहितका फाइल वा विषय केन्द्रको सुरु फाइल बुझ्ने डेस्कका सेवाप्रवाह सञ्चालन अधिकृत कर्मचारीलाई दिनसक्नेछन । सेवाप्रवाह सञ्चालनअधिकृतले फाइलको प्रकृति अनुसार तोकिएको अधिकार प्राप्त अधिकारी समक्ष तोक आदेशका लागि पेस गर्दछन ।तोकआदेश पश्चात् दर्ता  चलानी डेस्कमा रहने सेवाप्रवाह सञ्चालन सहायक कर्मचारीले फाइलको विषयवस्तुको आधारमा दर्ता गरी टोकन दिन्छन। टोकन लिएपछि वर्गीकरण डेस्कमा रहने सेवाप्रवाह सञ्चालन सहायक कर्मचारीले फाइलको विषयवस्तुको आधारमा उपयुक्त वर्गीकरण गरी सम्बन्धित शाखामा फाइल पठाइन्छ ।उक्त फाइल सम्बन्धित शाखाले अध्ययन गरी सार्वजनिक सेवा वडापत्रमा उल्लेखित प्रक्रिया बमोजिम कार्यसम्पादन गरी सम्बन्धित शाखाको कर्मचारी मार्फत् नै सेवाप्रवाह सञ्चालन केन्द्रमा फिर्ता हुन्छ। चालु फाइल सञ्चालन डेस्कमा रहेका सेवाप्रवाह सञ्चालन सहायक कर्मचारीले समय समयमा सेवाका लागि प्रतिक्षारत सेवाग्राहीहरूको र सम्बन्धित शाखासँग समन्वय गरी फाइलको अवस्थाबारे प्रतिक्षारत सेवाग्राहीलाई जानकारी दिने व्यवस्था गरिएको छ ।  साथै सेवाप्रवाह केन्द्र रहेका डेस्कहरुबाट हुने कार्यहरुको बारेमा बुँदागत रुपमा उल्लेख गरिएको छ ।  
साथै सेवाग्राहीको सहजता र सुविधाको लागी एकिकृत सेवा प्रवाहमा निःशुल्क वाइफाई र सम्बन्धित कर्मचारी कार्यलयमा भए नभएको एकिन गर्न कर्मचारी उपस्थितवा अनुपस्थित रहेको जानकारी सूचीको व्यवस्था गरिएको छ ।