प्रमुख समाचार
पञ्चपुरी नगरपालिकाको वेभसाइटमा स्वागत छ ।
सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित पञ्चपुरी नगरपालिका साविकका वावियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातापानी गा.वि.स. हरु मिलेर बनेको छ । जसको अक्षाशं २८० ३९' ४६'' उत्तर देखी २८० ५४' ५०'' उत्तर सम्म र देशान्तर ८१०१५' २७'' पुर्व देखि ८१०३१' २९'' पुर्व सम्म फैलिएको छ । यस नगरपालिकाको २०७८ सालको राष्ट्यि जनगणना अनुसार कुल जनसंख्या ३५ हजार ८ सय ३९ जना रहेकोमा १७ हजार २ सय ३० जना पुरुष र १८ हजार ६ सय ९ जना महिला रहेका छन, भने क्षेत्रफल करिब ३२९.९ वर्ग कि. मी रहेका छ । यो नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका मध्ये क्षेत्रफल सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा कृषि पशुपालनको र पर्यटनको उच्च सम्भावना रहेको छ I
| नया वडाहरु | समावेश गाविस / नगरपालिका | जनसंख्या |
|---|---|---|
| १ | सालकोट(१,२,३) | २२२२ |
| २ | सालकोट(४,५) | ३१५६ |
| ३ | सालकोट(६,७,८,९) | ३७५४ |
| ४ | बाबियाचौर(६,७,९) | २९०२ |
| ५ | बाबियाचौर(१,२,३) | ३६३५ |
| ६ | बाबियाचौर(४,५,८) | ४१४८ |
| ७ | छाप्रे(१ - ९) | ३१७० |
| ८ | विद्यापुर(५,६,७,८) | ३६२५ |
| ९ | विद्यापुर(१,२,३,४,९) | ३४५६ |
| १० | तातापानी(६,७,८,९) | ३१७८ |
| ११ | तातापानी(१,२,३,४,५) | २६७४ |

